प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने – Nepal Press

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने

काठमाडौं। प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संघीय संसद् भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *