ओली, लिङ्देन र रास्वपा नेताहरुसँग चिनियाँ कम्युनिष्ट पार्टी नेतृले गरिन् भेटवार्ता – Nepal Press

ओली, लिङ्देन र रास्वपा नेताहरुसँग चिनियाँ कम्युनिष्ट पार्टी नेतृले गरिन् भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागमा नेपाल हेर्ने राजनीतिक प्रमुख छु मिनले भेटवार्ता गरेकी छन् ।

नेपाल भ्रमणमा रहेकी मिनले एमाले अध्यक्ष ओलीसँग च्यासलस्थित पार्टी कार्यालय, राप्रपाका अध्यक्ष लिङ्देन र रास्पा नेताहरुसँग उनीहरुको कार्यालयमै भेट गरेकी हुन् ।

एमालेका तर्फबाट अध्यक्ष ओलीसहित विष्णु पौडेल, विष्णु रिमाललगायतका नेताहरु सहभागी थिए ।

भेटवार्तामा रास्वपाका तर्फबाट उपसभापति तथा सांसद डोल प्रसाद अर्याल, सांसदहरू डा.स्वर्णिम वाग्ले, शिशिर खनाल, केन्द्रीय सदस्यहरू लिमा अधिकारी तथा प्रतिभा रावल सहभागी थिए ।

भेटका क्रममा नेपाल चीन सम्बन्ध, दुई पार्टीबीच सम्बन्ध विस्तार, भूराजनीतिक परिस्थिति लगायतका विविध विषयवस्तुमा छलफल भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर