गुल्सनले तोडे ८२ रनको साझेदारी, दोस्रो विकेट गुमाएको जिम्बावे अझै बलियो – Nepal Press

गुल्सनले तोडे ८२ रनको साझेदारी, दोस्रो विकेट गुमाएको जिम्बावे अझै बलियो

काठमाडौं। विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याइरहेको घरेलु टोली जिम्बावेले दोस्रो विकेट गुमाएको छ ।

जिम्बावेले १२७ रन जोड्दा दोस्रो विकेट गुमाएको हो । गुल्सन झाले वेस्ली मादेभेयरलाई आउट गर्दै ८२ रनको साझेदारी तोडेका हुन् ।

जिम्बावेले २४ ओभरमा २ विकेट गुमाएर १२८ रन जोडेको छ । कप्तान क्राइग एर्भिन ६१ रनमा खेल्दैछन् ।

यसअघि पहिलो विकेट सोमपाल कामीले लिएका थिए । आशा गरिएका सन्दीप लामिछानेले ६ ओभर बलिङ गरिसके पनि विकेट लिन सकेका छैनन् । उनले ४० रन दिइसकेका छन् ।

नेपालले ५ जना बलरलाई उतारिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर