ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी – Nepal Press

ब्रिटिस कलेजद्वारा फिन्टेक एलायन्स नेपालसँग साझेदारी

काठमाडौं। थापाथलीस्थित द ब्रिटिस कलेज(टिबीसी)ले फिन्टेक एलायन्स नेपाल (फ्यान)सँग साझेदारी सम्झौता गरेको छ ।

शुक्रबार काठमाडौंमा फिनटेक उद्योगलाई बृहत बनाउने उदेश्यको साथ संस्थाबीच साझेदारी सम्झौता गरेको हो ।

गैरनाफामुखी संस्था जसले बजारमा सहभागी र सरोकारवाला बीचको सहकार्यलाई बढावा दिने काम गर्दै आएको छ । साझेदारीसँगै कलेजले फिन्टेक बजारसँगको सम्बन्धलाई सुदृढ गर्दै आफ्ना विद्यार्थीहरुको लागि पनि अवसरहरुको बाटो खोलेको छ । सहकार्यले विद्यार्थीहरुलाई फ्यानले गर्दै आएको मासिक कार्यक्रममा विशेष पहुँच प्रदान गर्ने जनाइएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले प्रतिष्ठित स्थानीय र अन्तर्राष्ट्रिय अतिथि वक्ताहरूद्वारा सेमिनारहरूमा पहुँचको अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै, साझेदारीले विद्यार्थीहरुका लागि फिनटेक उद्योगभित्र इन्टर्नशिप र प्लेसमेन्ट सम्भावनाको बाटो पनि खोलिदिएको छ ।

साझेदारीबारे कलेजका उपप्रध्यापक, डा. प्याट्रिक म्याकक्रडनले भने, ‘यो सहकार्य हाम्रा विद्यार्थीहरुको लागि निकै फलदायी रहनेछ । विद्यार्थीहरुका लागि आफ्नो छनौट गरिएका क्षेत्रहरूमा उत्कृष्टता हासिल गर्ने र फिन्टेक व्यवस्थापन, फिन्टेक व्यवसायको विकास, साइबर सुरक्षा, र विकास जस्ता क्षेत्रहरूमा उनीहरूको प्रक्षेपणलाई आकार दिने र उत्कृष्ट सल्लाहकारहरुबाट मार्गदर्शन पाउने अवसर प्राप्त गर्नेछन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर