बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क – Nepal Press

बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क

काठमाडौं । नेपाली चलचित्रकर्मीहरूले बारम्बार गर्ने गुनासो हो, हामी भारतीय फिल्मको थिचोमिचोमा पर्यौं । उनीहरुले भारतीय चलचित्रमाथि नियन्त्रण गर्न सरकारलाई आह्वान गर्दै आएका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलिबाट काठमाडौंभित्र भारतीय फिल्म चलाउन नदिने घोषणा गरेपछि आम चलचित्रकर्मीमा खुशी छाएको छ । तर, नेपाली चलचित्रकै एक स्थापित निर्माताले भने असन्तुष्टि जनाएका छन् । यसरी असन्तुष्टि जनाउने अरु कोही नभएर उनै दीपकराज गिरी हुन् ।

यसअघि बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्दा आलोचना गरेका गिरीले आदिपुरुषलाई लिएर बालेनले लेखेको स्टाटसलाई भने समर्थन जनाएका थिए । तर, आज फेरि उनले असन्तुष्ट वक्तव्य दिएका छन् ।

गिरीले ‘आदिपुरुष’ माथि रोक लगाउनु जायज भए पनि अन्य भारतीय फिल्महरू रोक्न नहुने तर्क गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘समस्या आदिपुरुषले निकालेको हो, त्यसैले आदिपुरुषमात्रै बन्द गरौं ।’

भारतबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्नसक्ने उनको चिन्ता छ ।

‘उताबाट आउने सबै फिल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि ? उताबाट त धेरै कुरा आउँछ ?’ उनको भनाइ छ ।


प्रतिक्रिया

One thought on “बालेनको निर्णयमा दीपकराज गिरीको असन्तुष्टि, सबै भारतीय फिल्म बन्द गर्न नहुने तर्क

  1. बालेन जीलाई सलाम गर्दै दुख पनि व्यक्त गर्दछु। राष्ट्रका प्रमुख चुप लागेर बसेको स्थितिमा बालेन जीले आफ्नो नगरमा मात्रै प्रतिबन्ध लगाउनु परेकोछ। अर्को कार्यकालमा नगर प्रमुख होइन राष्ट्र प्रमुख बन्न सकोस र यस्तो चलचित्र अधिराज्यभर नै प्रतिभन्ध लगाउन पाओस। बालेन जीलाई शुभकामना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर