सोमपालले लिए पहिलो विकेट, हिटर गुम्बे आउट – Nepal Press

सोमपालले लिए पहिलो विकेट, हिटर गुम्बे आउट

काठमाडौं । विश्वकप छनोटअन्तर्गत नेपालविरुद्ध २९१ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावेले ४५ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।

सोमपाल कामीले विकेट लिएका हुन् ।

आठौं ओभरको अन्तिम बलमा सोमपालले जोयलर्ड गुम्बेलाई एलबीडब्लू धरापमा पारे । २९ बलमा ५ चौका प्रहार गरेका गुम्बे २५ रनमा आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर