माओवादी प्रमुख सचेतक पाण्डेको टिप्पणी- संघीयताको दृष्टिकोणले बजेट ठीक आएन (भिडिओ) – Nepal Press

माओवादी प्रमुख सचेतक पाण्डेको टिप्पणी- संघीयताको दृष्टिकोणले बजेट ठीक आएन (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले नआएको बताएका छन् ।

आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताए । ले राष्ट्रका प्राथमिकतालाई चयन गरेर बजेट निर्माण गर्न आग्रह गरे ।

उनले यसरी बजेट विनियोजन हुने क्रम २०७२ सालदेखि नै हुने गरेको बताए । उनले बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा आफूले कुरा गरिरहेको भन्दै बजेट बनाउने प्रक्रिया नमिलेको बताए । उनले बजेट बनाउने प्रक्रियालाई सच्याउने बताए ।

‘यो बजेटलाई हेर्दा संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठिक ढंगले आएको छैन । तर यो अहिलेको आर्थिक वर्षको मात्रै कुरा होइन, यो २०७२ सालदेखिको हो । हामीले राष्ट्रका प्राथमिकतातर्फ फर्किनुपर्छ’, उनले भने, ‘हामी बजेट बनाउने प्रक्रियाकै बारेमा सदनमा कुरा उठाइरहेका छौँ । यो बजेट मिलेन, प्रक्रिया मिलेन । त्यसमा छलफल गर्दैछौँ । सम्भवतः यसलाई करेक्शन गर्नेछौँ । बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लागाँै ।’

प्रमुख सचेतक पाण्डेले बजेटमा आएका वस्तुहरुलाई कार्यान्वयन गर्न दृढताकासाथ लाग्नुपर्नेमा जोड दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर