५२ अंकले बढेको शेयर बजारमा आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट – Nepal Press

५२ अंकले बढेको शेयर बजारमा आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । आइतबारको शेयर कारोबारमा आधा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५२.२६ अंकले बढेको बजारमा ६ कम्पनी मालामाल भएका हुन् ।

आइतबार ४ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । केही दिन यता सेयर बजार सुधार तर्फ देखिएको छ ।

नेपाल इन्सुरेन्स कम्पनी ,प्रभुलाइफ इन्सुरेन्स कम्पनी, ग्रिा भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था, मेन्छ्याम हाइड्रोपावर, सिटि होटल, माहुली लघुवित्त वित्तिय संस्था, साधना लघुवित्त वित्तिय संस्था र स्वेतगंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज बैकिङ समुह बाहे सबै समुहमा उछाल आएको छ ।

आइतबार नेप्से सूचक ५२.२६ अंकले बढेर २०९४।३३ विन्दुमा आएको छ ।बजारमा सुधार आइरहँदा कारोबारमा समेत वृद्धि भइरहेको छ । आम लगानीकर्ता उत्साहित भएका छन् ।यस दिन २८० कम्पनीको १ करोड २० लाख कित्ता सेयर कारोबार भएको हो ।

३६ करोड ६४ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र सोल्टी होटल परेका छन् ।

पछिल्लो समय बैंकले ब्याजदर घटाएका छन् भने तरलता पनि सहज हुदै गएको छ । यसको असर सेयर बजारमा पनि देखिन थालेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर