अर्थ समितिले लाइसेन्स रोकेपछि न्यू ब्रोकरको हारगुहार – Nepal Press

अर्थ समितिले लाइसेन्स रोकेपछि न्यू ब्रोकरको हारगुहार

काठमाडौं । अर्थसमितिले नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएपछि एन्यू स्टक ब्रोकर एशोसिएसनले हारगुहार गर्न थालेका छन् ।

शुक्रबार मात्रै नेपाल स्टक एक्सचेन्जलाई भेटेर ज्ञापनपत्र बुझाएको एसोसिएसनले आइतबार पनि नेपाल धितोपत्र बोर्डलाई (सेबोन) ज्ञापनपत्र बुझाएको छ ।

एशोसिएसनले नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजत सम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिएको भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएको छ ।

अर्थ समितिबाट धितोपत्र दलाल तथा व्यापारीको इजाजतसम्बन्धी सबै प्रक्रियालाई रोक्न निर्देशन दिइएकोमा धितोपत्र बोर्डबाट आशयपत्र एवं अनुमति पाइसकेका तथा नेपाल स्टक एक्सचेन्जबाट समेत आशय पत्र पाइसकेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीको इजाजतसम्बन्धी सम्पूर्ण प्रक्रिया रोकिन पुगेको एकदमै पीडाबोधका साथ जानकारी गराउन चाहन्छौं’ एशोसिएसनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सातवटा कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर जानकारी गराइ नेप्सेको सदस्यताका लागि राजस्व समेत बुझाइसकेको परिप्रेक्ष्यमा त्यसलाई कुनै बहानामा रोक्न नहुने एसोसिएसनको भनाइ छ ।

जेठ २९ मा प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सेयर ब्रोकर तथा स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

लाइसेन्स वितरण प्रक्रियामा अनियमितता भएको निष्कर्षका आधारमा समितिलेअर्थ मन्त्रालयमार्फत नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई उक्त प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर