सेभेन समिटमा रेकर्ड तोड्ने लक्ष्यसहित आरोही पाण्डे माउन्ट एलब्रस जाँदै, यस्तो छ उनको आग्रह (भिडिओ) – Nepal Press

सेभेन समिटमा रेकर्ड तोड्ने लक्ष्यसहित आरोही पाण्डे माउन्ट एलब्रस जाँदै, यस्तो छ उनको आग्रह (भिडिओ)

काठमाडौं । युवा आरोही प्रकाशराज पाण्डे विश्व रेकर्ड कायम गर्ने उद्देश्यसहित ‘सेभेन समिट’ मा निस्कने भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालको सफल आरोहण गरिसकेका पाण्डे यसै साता युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एलब्रसको आरोहणका लागि रुसतर्फ जाँदैछन् ।

नेपालको झण्डा लिएर छोटो अवधिभित्र विश्वका सबै महादेशका अग्ला हिमालको आरोहण गर्न लागेका पाण्डेले पहिलो आरोहण ५ हजार ६४२ अग्लो एलब्रस हिमालबाट थाल्ने बताए ।  त्यसपछि उनले दक्षिण अफ्रिका, दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्टिका, एसिया र अष्ट्रेलियाका अग्ला शिखरको आरोहण गर्ने भएका छन् । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका वासिन्दा पाण्डेले यसअघि मनास्लु, आमादब्लम, आइल्याण्ड पिकलगायतका हिमालको आरोहण गरिसकेका छन् ।

५ करोडभन्दा बढी रकम खर्च हुने सेभेन समिटका लागि पाण्डेले अहिलेसम्म कतैबाट पनि आर्थिक सहयोगको आश्वासन पाएका छैनन् । उनले नेपालको तर्फबाट गरिएको यो अभियानमा सघाउन सरकारी र गैरसरकारी नियकासँग याचना गरेका छन् ।

पाण्डेले भने, ‘म देशको नाम राख्न र अहिलेसम्मको रेकर्ड तोड्नका लागि सातै महादेशका सात अग्ला हिमालको आरोहणका लागि जाँदैछु । विशेषगरी तीनै तहका सरकारबाट सहयोगको अपेक्षा गरेको छु ।’

हालैमात्र यति एयरलाइन्सका संस्थापक तथा थामसेर्कु ट्रेक तथा एक्स्पिडिसनका सञ्चालक ल्हाक्पा सोनाम शेर्पाले सेभेन समिट सम्पन्न गर्ने पहिलो नेपालीमा नाम दर्ज गरेका छन् । पाण्डेले ११७ दिन ६ घण्टा ५० मिनेटमा सेभेन समिट गर्ने विश्व रेकर्ड तोड्ने लक्ष्य राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर