विश्वकप छनोट : पावर प्लेमा नेपालले जोड्यो ४५ रन – Nepal Press

विश्वकप छनोट : पावर प्लेमा नेपालले जोड्यो ४५ रन

काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध पावर प्लेमा ४५ रन जोडेको छ ।

हरारे मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरको समाप्तिमा कुनै पनि विकेट नगुमाई खेलिरहेको छ ।

ओपनर कुशल भुर्तेल ३६ बलमा ६ चौका प्रहार गर्दै २९ रन बनाएर खेलिरहेका छन् । अर्का ओपनर आसिफ शेखले २४ बल खेल्दै १ चौकाको मद्दतमा १३ रन जोडेका छन् ।

पहिलो पटक टेस्ट राष्ट्रसँग एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेको नेपाल आजको खेलमा जिम्बावेलाई हराउँदै विश्वकप छनोटमा शानदार सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।

छनोटको दोस्रो खेल नेपालले जुन २० मा नेपालले अमेरिका, तेस्रो जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछन् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर