राष्ट्रपतिकाे स्वास्थ्य अवस्था स्थिर – Nepal Press

राष्ट्रपतिकाे स्वास्थ्य अवस्था स्थिर

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अझै स्थिर रहेको अस्पतालले जनाएको छ । शनिबार बिहान मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलको अवस्था स्थिर रहेको अस्पतालले जनाएको हो ।

मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी दिन विज्ञप्ति जारी गर्दै मुटुको चालको निगरानी भइरहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था हाल स्थिर रहेको जानकारी गराइन्छ ।’ शनिबार बिहान २ बजे राति मुटुमा समस्या देखिएपछि उनलाई महाराजगंजस्थित त्रिवि शिक्षण अस्पताल पुयाइएको थियो । त्यहाँबाट उनलाई

बिहान ५ बजे मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।पौडेलको अहिले सीसीयूमा राखेर उपचार भइरहेको छ । तीन दिनअघि मात्र सहिद गंगालाल राष्ट्रिय हृ्रदय केन्द्रमा मुटुको उपचार गरेर फर्केका थिए । त्यसअघि उनी फोक्सोको उपचार गर्न गत जेठमा भारत गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर