सुनको मूल्य २ सय रुपैयाँले वृद्धि – Nepal Press

सुनको मूल्य २ सय रुपैयाँले वृद्धि

काठमाडौं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । यस अघि शुक्रवार मात्रै प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

छापावाल सुन आज तोलामा २ सय रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । भने तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आइतबार चाँदी तोलामा २० रुपैयाँले वृद्धि भएर १ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर