यातायात मन्त्रीले गरे सूर्य विनायक धुलिखेल सडक निर्माणको अनुगमन – Nepal Press

यातायात मन्त्रीले गरे सूर्य विनायक धुलिखेल सडक निर्माणको अनुगमन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सूर्य विनायक धुलिखेल सडक निर्माण कार्यको अनुगमन गरेका छन् ।

शनिवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको नेतृत्वमा सडक विभागका महानिर्देशक तथा अन्य विभिन्न विभागका प्रमुख सहितको टोलीले हाल धमाधम बिस्तारको काम भइरहेको सो सडक खण्डको अनुगमन गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक र काभ्रेको साँगादेखि दुई खण्डमा विभाजन गरी ठेक्का लगाइएको यो सडक खण्डमा हाल सडकका दुवै साइटमा पर्खाल निर्माणको काम भइरहेको छ।

भक्तपुरको सूर्यविनायक देखि काभ्रेको धुलिखेल सम्म १६ किलोमिटर लम्बाई रहेको यस सडकको बिस्तारको काम गत वर्षबाट शुरु गरिएको हो।

करिब ८ अर्ब ४२ करोड लागतमा निर्माण भइरहेको यो सडकको तीन स्थानमा पक्की पुल समेत निर्माण गरिने आयोजनाका प्राविधिक राजेन्द्र दासले जानकारी दिए।

करिब ३ वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको यो सडकमा २० मिटरको मुख्य र दायाँ बायाँ ५र५ मिटरको सर्भिस लेन २.५ मिटरको पैदल मार्ग रहने बताइएको छ।

सडक अनुगमनका क्रममा मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राम्रो काम गर्नेलाई पुरस्कृत र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई दण्डित गर्ने बताए।

मन्त्री ज्वालाले यो सडक काठमाडौं उपत्यका छिर्ने प्रमुख नाकामध्ये एक भएकाले निर्माण कार्य समयमै सम्पन्न गरेर जनतालाई सुविधा दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर