बागमती सफा बनाउन सबैको भूमिका आवश्यक छ : मन्त्री गुरुङ (भिडिओ) – Nepal Press

बागमती सफा बनाउन सबैको भूमिका आवश्यक छ : मन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले बागमती सफा गर्न नागरिक र सरकार सबैको उत्तिकै महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।

उनले सरकारले बागमतीसहित काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न र सौन्दर्यीकरण गर्न विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको र त्यसकालागि थप नागरिक सक्रियता र खबरदारी आवश्यक रहेको बताइन् ।

शनिवार काठमाडौंका गुहेश्वरीमा निर्माण भएको ढल प्रशोधन केन्द्र र बागमती कोरिडोरको स्थलगत निरीक्षणपछि मन्त्री गुरुङले भनिन्, ‘बागमतीलाई सफा गर्न, सुन्दर बनाउन सरकारले यी परियोजनाहरू सञ्चालन गरेको छ । तर, बागमती अझै संङ्लो भइसकेको छैन । नदीमा फोहोर फ्याँक्ने, ढल बगाउने र प्रदूषित गर्ने काम यसको वरपर बसेका हामीहरूबाटै भइरहेको छ । त्यसैले बागमती सफाइकालागि नागरिकको पनि थप सक्रियता र खबरदारी आवश्यक छ ।

उनले बागमती सफाइका लागि लामो समयदेखि स्वयंसेवी अभियान सञ्चालन भइरहेको भन्दै त्यसको प्रशंसासमेत गरिन् ।

मन्त्री गुरुङले नदीहरूमा फोहोर नफाल्ने र घरहरूबाट निस्किएको ढललाई मात्रै प्रशोधन गर्न सकेको अवस्थामा छोटो समयमै बागमतीलाई सफा र स्वच्छ बनाउन सकिने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर