नेपालको सेमिफाइनल खेल्ने सपनामा बाधक बन्यो वर्षा, हङकङसँगको खेल टस नभई रद्द – Nepal Press

नेपालको सेमिफाइनल खेल्ने सपनामा बाधक बन्यो वर्षा, हङकङसँगको खेल टस नभई रद्द

काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेल वर्षाका कारण रद्द भयो । नेपाल र हङकङबीचको खेल टस पनि नभई रद्द हुँदा नेपाल बाहिरिएको छ । यससँगै नेपालको सेमिफाइनल खेल्ने सपना पनि अधुरै भएको छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग ९ रनको पराजय बेहोरेको थियो । दोस्रो खेलमा भारतसँग पनि वर्षाकै कारण खेल हुन नसक्दा नेपालले अंक बाँड्यो ।

प्रतियोगितामा नेपालले ४ खेलमा २ अंक जोड्न सक्यो । नेपाल रहेको समूह ए बाट अब भारत र पाकिस्तान सेमिफाइनल खेल्नेछन् । नेपालसँग अंकबाढेसँगै हङकङ पनि बाहिरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर