कृषि अनुदानको रकमबाट घुस लिएका नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी पक्राउ – Nepal Press

कृषि अनुदानको रकमबाट घुस लिएका नेपालगन्जका कार्यवाहक वडाध्यक्ष र कार्यालय सहयोगी पक्राउ

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १३ का कार्यवाहक वडाध्यक्ष दिलावर कवडिया र कार्यालय सहयोगी गंगाराम बृजवासी ९ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले शुक्रबार कवडियासँगै कार्यालय सहयोगी गंगाराम बृजवासीलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

कृषि अनुदानका लागि सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी निवेदनका आधारमा घुस रकमसहित वडा कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्टले कावा अध्यक्ष कवडिया पक्राउ परेको सुनेको नेपाल प्रेसलाई बताए ।

‘यो विषय सुनेर अध्यक्षलाई फोन गरेको थिएँ, तर उहाँको मोबाइनल अफ रहेछ, सायद बाहिर गएर नै कार्यबाहक दिनुभयोहोला, २ दिनयता कार्यबाहक पाएको सुनेको छु, अहिले सबै अख्तियारी वडामै भएकाले धेरै जानकारी हुँदैन, पक्राउ परेको विषय मैले पनि सामाजिक सन्जालबाट जानकारी पाएको हुँ’– उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर