नक्कली भुटानी शरणार्थी प्रकरण: यस्तो छ भीआईपीहरुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण: यस्तो छ भीआईपीहरुलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले आफ्नो एकल इजलासमा एक साताभन्दा लामो बहस र सुनुवाइपछि नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका हुन् ।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षको लागि थुनामा पठाउन न्यायाधीश न्यौपानेले आदेश दिएका हुन् । अदालतले महर्जनसँग ५ लाख र गुरुङसँग १० लाख धरौटी मागेको छ । बाँकीको धरौटीमाग समेत अस्वीकार भएको छ ।

यस्तो छ न्यायाधीश न्यौपानेले दिएको आदेशको पूर्ण पाठः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *