गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड ७२ लाख बजेट – Nepal Press

गण्डकी सरकारले ल्यायो ३३ अर्ब ४२ करोड ७२ लाख बजेट

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९/८० मा प्रदेश सरकारले ३५ अर्ब ९० करोडको बजेट ल्याएको थियो ।

प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरका अनुसार चालूतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख रुपैयाँ बजेट ल्याइएको हो ।

सरकारले आफ्नो कार्यकालमा ल्याएको यो पहिलो बजेट हो । बजेटले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *