मौका पाएको बेलामा उपराष्ट्रपति, सभामुख र अर्थमन्त्रीसमेत मगर समुदायको बनाएँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

मौका पाएको बेलामा उपराष्ट्रपति, सभामुख र अर्थमन्त्रीसमेत मगर समुदायको बनाएँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले मगर समुदायको प्रतिनिधिहरुलाई उचित स्थान दिएको दाबी गरेका छन् ।

खुलामञ्चमा आयोजित भूम्य पर्व २०८० का अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मगर एकता, राष्ट्रिय एकताको पक्षमा रहेको बताए ।

उनले भने, ‘मैले जतिबेला मौका पाएँ, देशको उपराष्ट्रपतिमा नन्दबहादुर पुन मगरलाई प्रस्तावित गरेको हो । सभामुख जस्तो पदमा मगर जातिको महिलालाई पनि मैले नै प्रस्ताव गरेको हो । गणतन्त्र नेपालको पहिलो रक्षामन्त्री मैले नै प्रस्ताव गरेको हो र सफल अर्थमन्त्रीको रुपमा वर्षमान पुनलाई अगाडि सारेर मगरहरुले गरेको योगदानको सम्मान गरेको छु। उहाँ आजैमात्र उपचार गरेर फर्किनुभएको छ ।’

सबै क्षेत्रको जनताको त्याग, तपस्या र बलिदानको कारणले नै अहिले यहाँसम्म आइपुगेको बताए ।

उनले भने, ‘अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । हामीले केही अधिकारको उपयोग गरेका छौं । अझै धेरै अधिकारको लागि प्रयासरत छौं । सबै जातजाति र भाषभाषीमध्ये मगर युवा र जनताको त्याग नभएको भए अहिले हामी आइपुग्ने थिएनौं ।’


प्रतिक्रिया

2 thoughts on “मौका पाएको बेलामा उपराष्ट्रपति, सभामुख र अर्थमन्त्रीसमेत मगर समुदायको बनाएँ: प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. हेर चटकेका कुरा ! यस्ता पनि प्रधानमन्त्रि छन् देशका ।

  2. अस्ति मौका पाउँदा पनि त पदावधि बाँकी भएकालाई मुख्य सचिवबाट हटाएर हुँदै नभएको पद सृजना गरेर मन्त्रि सरहको सुविधा दिएर भोलिपल्ट अवकाश हुन लागेका सचिव बैकुण्ठ अर्याललाई मुख्य सचिव बनायौ । गफचाहि सुशासनको दिन छाडदैनौ फेरि । त्यसैले त तिमी चटके, झुठ, दलाल हौ भन्छन् नेपाली जनता । अनि पाएसम्म मगरलाई बनाउने प्रचण्ड मगरको मात्र नेता रहेछ । अरू जातले त यिनलाई बहिष्कार गरे भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर