तिलोत्तमामा हत्या आरोपमा एक जना पक्राउ – Nepal Press

तिलोत्तमामा हत्या आरोपमा एक जना पक्राउ

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलले हत्या अभियोगमा एक युवालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।

तिलोत्तमा-१६ पूर्व बहियामा स्थानीय २६ वर्षीय ज्ञानबहादुर कँवरले आफैसँग बसेका १८ वर्षीय सुमन कँवरको म‌गलबार हत्या गरेको प्रहरीले जनाएको छ ।
नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमामा आफ्नै साथीसँग बस्दै गर्दा आपसी मनमुटाव भएपछि अभियुक्त ज्ञानबहादुरले सुमनको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ उनीहरुबीच विवाद भएपछि अभियुक्त कँवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी हत्यापछि उनी फरार भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

अनुसन्धानका क्रममा मृतक र हत्या अभियोगी आपसमा खाने, बस्ने तथा लागुऔषध सेवन गर्ने गरेको बयान प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख भरतबहादुर बिकले बताए । अभियुक्तलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरिएको हो ।

जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर