प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ आजै – Nepal Press

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ आजै

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की  नियुक्त भएका छन् ।  उनकाे शपथ आजै हुने भएको छ। संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन भएपछि आजै शपथ गराउन लागिएको हो ।

प्रधानन्यायाधीशको सपथ सवा ५ बजे राष्ट्रपति कार्यालयमा हुनेछ । प्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनेछन् ।

शपथलगत्तै प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा पदभार गर्ने जनाइएको छ । उनलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

यसअघि नै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । कार्की साउन १९ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर