कर्णाली सरकारले गर्‍यो बजेट अनुमोदन – Nepal Press

कर्णाली सरकारले गर्‍यो बजेट अनुमोदन

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को लागि वार्षिक बजेट तथा कार्यक्रम मन्त्रिपरिषदबाट अनुमोदन गरिएको छ ।

शुक्रबार (आज) बसेको मन्त्रिपरषद् बैठकले अनुमोदन गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले ३ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछन् ।

मुख्यमन्त्री राजकुमार शर्माले बजेटमा अनावश्यक हस्तक्षेप गरेको भन्दै कांग्रेसका मन्त्री र प्रदेशका नेता असन्तुष्ट छन् । उनीहरूले हिजो बजेट अनुमोदनका लागि डाकिएको मन्त्रिपरिषद् बैठकसमेत बहिष्कार गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर