बालुवाटारमा गठबन्धनका ठालुहरूको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य छैन: सूर्य थापा (भिडिओ) – Nepal Press

बालुवाटारमा गठबन्धनका ठालुहरूको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य छैन: सूर्य थापा (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले बालुवाटारमा गठबन्धनका ठालुहरुको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य नहुने बताएका छन्।

प्रतिनिधि सभामा विनियोजन विधेयकबारे छलफलको क्रममा बोल्दै बजेटमा ककसको असन्तुष्टि सम्बोधन गर्नेरु भन्दै प्रश्न गरे।

उनले भने, ‘यहाँ अर्थमन्त्रीले जवाफ दिनुभयो यहाँ प्रश्नउत्तर पनि भयो। तर, भोलिपल्ट बालुवाटारमा गठबन्धनको नाममा बैठक गरेर बजेट संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्ने? ककसका असन्तुष्टि सम्बोधन गर्ने? बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुपर्यो?’

अर्थमन्त्री सदनमा जवाफ दिइसकेपछि बालुवाटारमा बैठक बसेर गर्न खोजिएको के हो? भन्दै आपत्ति जनाए।

उनले भने, ‘संविधान, कानुन, पद्धतिले के भन्छ? तर, बालुवाटार बैठकपछि केके बिषयमा संशोधन हो? अर्थतन्त्र सहमति जनाउनुभएको हो कि होइन? गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाइन्छ कि पाइदैन ? यो बिषय सोध्न चाहन्छु।’

उनले राजमार्गहरुको निर्धारित खण्ड छुट्याएर २४ सैं घण्टा नभएपनि उज्यालो अवधिभर काम गर्ने कसले रोकेको छरु भन्दै प्रश्न गरे।
उनले भने, ‘बहुबर्षे ठेक्का लागेको छ। बजेट सुनिश्चित भएको छ। मदन भण्डारी राजमार्गका विभिन्न ठाउँका काम किन अगाडि बढ्न सकेका छैनन्? ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर