सभामुख र ट्युनिसियाका राजदूतबीच द्विपक्षीय सहकार्य गर्नेबारे छलफल – Nepal Press

सभामुख र ट्युनिसियाका राजदूतबीच द्विपक्षीय सहकार्य गर्नेबारे छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेसँग ट्युनिसियाका गैरआवासीय राजदूत हयात तालबी ईपी बिलेलले भेटवार्ता भएको छ। सिंहदरबारमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान, द्विपक्षीय व्यापार र पर्यटन प्रवद्र्धन लगायतका विषयमा छलफल भएको हो ।

सभामुख घिमिरेले दूरीका हिसाबले ट्युनिसिया धेरै टाढा भए पनि दुई देशबीच कुटनीतिक र सहकार्य गरेर अगाडि बढ्न सकिने बताए ।
उनले भने, ‘नेपाल र ट्युनिसिया दुवै संयुक्त राष्ट्र संघ, असंलग्न राष्ट्र तथा जी– ७७ का सदस्य छौं । विद्यमान द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न तहमा भ्रमणको आदान प्रदान आवश्यक छ ।’

अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल र ट्युनिसिया दुवै मुलुकले साझा मामिलाहरुमा सहकार्य गर्दै आइरहेको बताए । नेपाल र ट्युनिसियाबीच पर्यटन, ऊर्जा र व्यापारका क्षेत्रमा वृहत्तर सहकार्य गर्न सकिने बताए ।

ट्युनिसियाका गैरआवासीय राजदूत बिलेलले नेपाल जस्तै आफ्नो मुलुक पनि लामो समय गृहयुद्धबाट बाहिर निस्किएको बताउँदै आगामी दिनमा गहिरो सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । ट्युनिसियाका सभामुख पनि नेपालका लागि संसदीय मैत्री समूह गठनको तयारीमा रहेको बताउँदै उनले संसदीय कुटनीति विस्तारमा जोड दिए ।

आफ्नो पूर्वाधार निर्माण, इञ्जिनियरिङ, जहाज निर्माण, कृषि, स्वास्थ्य लगायतका विषयमा ट्युनिसियाले विशेष उपलब्धी हासिल गरेको बताउँदै राजदूत बिलेलले नेपालले पनि त्यसको फाइदा दिन सक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *