चार महिना उपचारपछि चीनबाट फर्किए वर्षमान – Nepal Press

चार महिना उपचारपछि चीनबाट फर्किए वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वदेश फर्किएका छन्। चीनमा चार महिनादेखि उपचाररत पुन आज स्वदेश फकिएका हुन्।

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत नेताहरु विमानस्थल पुगेका थिए।

पुन वंशाणुगत जन्डिसबाट ग्रसित छन्। उनी फागुन १ मा उपचारको लागि पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीको साथमा चीन उडेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर