बागमतीको बजेट- चालूभन्दा आगामीको आकार घट्ने – Nepal Press

बागमतीको बजेट- चालूभन्दा आगामीको आकार घट्ने

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे हुने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्दैछन् ।

चालू आर्थिक वर्षभन्दा करिब १० अर्ब रकम कमको बजेट आउने बताइएको छ । बागमी सरकारको चालू आ.व. को बजेट ७० अर्ब ९३ करोड बराबरको थियो । आर्थिक संकट कारण देखाउँदै बजेटको मात्रा घटाइन लागेको हो ।

६० देखि ६३ अर्ब हारहारीमा बजेट ल्याउने तयारी गरेको आर्थिक मामिला मन्त्रालय स्रोतले बतायो ।

यो वर्षको बजेटमा प्रदेश गौरवका केही ठूला योजनालाई प्राथमिकतामा राखिने जनाइएको छ । बजेट जनमुखी हुने बताउँदै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बजेटले प्रत्येक नागरिकलाई सरकारकको अपनत्व ग्रहण गराउने कार्यक्रम तय गरेको बताए । यो वर्षको बजेटमा प्रदेशसभा सांसदहरूलाई ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष’ को नाममा रकम दिने तयारी गरिएको छ ।

प्रत्यक्षतर्फ ३ करोड तथा समानुपातिक तर्फ १ करोड रूपैँया दिनेगरी बजेट विनियोजन गर्न लागिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *