स्वीजरल्यान्डको सदनमा युक्रेनी रास्ट्रपतिको सम्बोधन: सबैभन्दा ठूलो पार्टीको बहिष्कार – Nepal Press

स्वीजरल्यान्डको सदनमा युक्रेनी रास्ट्रपतिको सम्बोधन: सबैभन्दा ठूलो पार्टीको बहिष्कार

काठमाडौं । युक्रेनी रास्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीजरल्यान्डको सदनमा सम्बोधन गर्दा सदनको सबैभन्दा ठूलो दलले बहिष्कार गरेको छ । भर्चुअलबाट जेलेन्स्कीले सम्बोधन गर्दैगर्दा पिपोल्स पार्टीले बहिष्कार गरेको हो ।

स्वीजरल्यान्डको आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको भन्दै उक्त पार्टीले बहिष्कार गरेको जनाएको छ । स्वीजरल्याण्डको हतियार निर्यात नगर्ने कानून संशोधन गर्न र रुससँग लड्न युक्रेनलाई अतिरिक्त सहयोग गर्न जेलेन्स्किले आग्रह गरेका थिए ।

२०० सदस्य सदनमा बहिष्कार गर्ने दलको ५३ सीट छ । स्वीस सदनमा अहिलेसम्म दुई विदेशीले मात्रै सम्बोधन गरेकोमा बिहिबार जेलेन्स्कीको सम्बोधन भर्चुअलरूपमा पहिलो सम्बोधन भएकव अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । रुसी मिडियामा यो समाचारले प्राथमिकता पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *