नेपालल दोस्रो ‘वामअर्प’ म्याचमा ओमानलाई हरायो, कुशलको शतक – Nepal Press

नेपालल दोस्रो ‘वामअर्प’ म्याचमा ओमानलाई हरायो, कुशलको शतक

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक प्रेरित विश्वकप छनोटको दोस्रो ‘वार्मअप’ म्याचमा नेपालले ओमानलाई २ विकेटले पराजित गरेको छ ।

टर हारेर पहिला बलिङ गरेको नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । सोमपाल कामीले ५, सन्दीप लामिछानेले ३ र प्रतिश जिसीले १ विकेट लिँदा नेपालले ओमानलाई अन्तिम ओभरमा २ सय ६७ रन बनाएको अवस्थामा अलआउट गर्यो ।

ओमानले दिएको २ सय ६८ रनको लक्ष्य नेपालले ४४.५ ओभरमा ८ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार शतकीय इनिङ खेले । उनी ९४ बलमा १ सय १ रन बनाएर रिटायर्ड आउट भएका थिए । उनले क्रिज छोड्नु अघि १३ चौका र २ छक्का प्रहार गरे ।

अर्का ओपनर आसिफ शेख २४ बल खेल्दै २३ रनमा आउट हुँदा भिम सार्कीले ७४ बलमा ५६ रन जोडे । दीपेन्द्रसिंह ऐरीले २६ रन, कप्तान रोहित पौडेलले ३१ रन र कुशल मल्ले १७ रन जोडे । त्यो बाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाएनन् ।

नेपालले पहिलो वार्मअपमा यूएईसँग ३ विकेटको हार बेहोरेको थियो । नेपाली टिम अहिले विश्वकप छनोटका लागि जिम्बावेमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर