मधेश प्रदश सभाका ५ विषयगत समिति सभापतिको निर्वाचन असार ३ मा हुने – Nepal Press

मधेश प्रदश सभाका ५ विषयगत समिति सभापतिको निर्वाचन असार ३ मा हुने

जनकपुरधाम । मधेश प्रदश सभाअन्तर्गत गठित विषयगत समितिहरुमध्ये पाँच समितिको सभापति चयनका लागि असार ३ गते निर्वाचन हुने भएको छ ।

आजको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले समिति सभापति निर्वाचनबारे जानकारी गराएका हुन् । उनका अनुसार सार्वजनिक लेखा समिति, विकास समिति, महिला बालबालिका तथा सामाजिक न्याय समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र अर्थ तथा योजना समितिको सभापति चयनका लागि निर्वाचन हुनेछ ।

समितिको सभापतिका लागि असार २ गते विहान ११ बजेदेखि साँझ ५ बजेसम्मका लागि प्रदेशसभा सचिवालयमा मनोनयन दर्ता गराउन सभामुख मण्डलले समय निर्वाधरण गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर