संघ सरकारले काटेको योजनामा कोशी सरकारको बजेट – Nepal Press

संघ सरकारले काटेको योजनामा कोशी सरकारको बजेट

विराटनगर । झापाको कमल गाउँपालिकामा रहेको आदिवासी जनजाति रंगशाला निर्माणको काम अगाडि बढ्ने भएको छ ।

कोशी प्रदेश सरकारले आदिवासी जनजाति रंगशालाको बजेट विनियोजन गरेपछि निर्माण कार्यले निरन्तरता पाउने भएको छ । लामो समयदेखि विवादका कारण आदिवासी रङ्गशाला निर्माणको काम अगाडि बढेन सकेको थिएन ।

निर्माणको प्रक्रियामा रहेको आदिवासी जनजाति रङ्गशालालाई मदन भण्डारी रंगशाला नामकरण गरेपछि सो रङ्गशाला निर्माणको काम अलपत्र परेको थियो । आदिवासी जनजातिहरूले रङ्गशालाको नाम फेरिएपछि यसको विरोध गर्दै आएका थिए ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष ८०/८१का लागि आदिवासी जनजाति रङ्गशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरेको छ । किराँत धर्म गुरु तथा राष्ट्रिय विभूति फाल्गुननन्द लिंगदेनको जन्म स्थल अघौटेबारी मांसेवुंग, तपश्यास्थल खत्रप्पा देउमाई ९ र समाधिस्थल फुलुंगी मांसेवेंको विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्न बजेट विनियोजन गरेको मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कार्कीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर