साउन १ गतेदेखि सार्वजनिक यातायात सफा नगरे कारबाही हुने – Nepal Press

साउन १ गतेदेखि सार्वजनिक यातायात सफा नगरे कारबाही हुने

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आगामी साउन १ गतेबाट सार्वजनिक यातायात अनिर्वाय रुपमा सरसफाइ नगरिए कारबाही हुने जनाएको छ ।

महासंघका महासचिव भरत नेपालले सार्वजनिक सवारी साधनहरु सफा गर्न सूचना निकाल्दै यस्तो बताएका हुन् ।

यातायात व्यवस्था विभागद्वारा यातायात निर्देशिका २०७४ संशोधन २०८० मार्फत तय भएको नीति नियम अनुरुप सार्वजनिक यातायात सफा गर्नु पर्नेे छ ।

यो नियम आगामी साउन १ गतेबाट कार्यान्वयन हुने उल्लेख छ । मानव वास्थ्य, पर्यावरण, सरसफाई र सुरक्षासँग जोडिएका विषयहरु कार्यान्वयन गर्नु पर्ने छ ।

लामो दूरी, मध्य दूरी, छोटो दूरी र सहरी (लोकल) रुटहरुमा समेत सबै यातायात कम्पनी, व्यवसायी र मजदुरहरुमा संघले निकालेको सूचनामार्फत जानकारी गराइएको उल्लेख गरेको छ ।

सरसफाइ गरे नगरेको सम्बन्धित निकायले हेर्ने र दण्ड जरिवाना समेत हुने संघले स्पष्ट पारेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *