नेपाल सुपर लिगको मिति तय, मंसिर ९ देखि २१ सम्म हुने – Nepal Press

नेपाल सुपर लिगको मिति तय, मंसिर ९ देखि २१ सम्म हुने

काठमाडौं । विभिन्न विवादपछि नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग(एनएसएल) को नयाँ मिति सार्वजानिक गरिएको छ ।

२०७८ चौतको मिति तय भएर अक्सनपनि समाप्त भएको अवस्थामा ए डिभिजन क्लबहरुले विरोध गरेपछि दोस्रो संस्करणको (एनएसएल) अनिश्चितकालका लागि स्थिगित भएको थियो ।

पछि आयोजक र अखिल नेपाल फुटबल संघ(एन्फा) बीचको सम्झौता भएपछि एनएसएल अब एन्फाको बार्सि क्यालेन्डरमै समावेश गर्ने एन्फाले जनाएको थियो । अन्ततः आज एनएसएल आयोजक नेपाल स्पोट्स एन्ड इभेन्ट मेनेजमेन्टले एनएसएलको नयाँ मिती सार्वजानिक गरेको हो ।

एनएसएलले पहिलो संस्करणमै निकै चर्चा बटुलन सफल भएको थियो । पहिलो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्स, बिराटनगर सिटी फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी फुटबल क्लब गरि सात टिमको सहभागिता रहेको थियो ।

दोस्रो संस्करण देखि प्रतियोगितामा झापा फुटबल क्लब, स्पोर्टिङ इलाम दी मेची एफसी र बिरगंज यूनाइटेड फुटबल क्लब गरी तीन टीम थप गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर