झिनो अंकले बढ्यो नेप्से परिसूचक – Nepal Press

झिनो अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ भने यस साता शेयर बजारमा हरियाली छाएको छ ।

बुधबार मात्रै ५ अर्ब बढिको कारोबार भएको बजारमा आज ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ५ अंकले वृद्धि भएर २०४२.०७ बिन्दुमा कायम भएको हो ।

यस दिन सिटी होटल्स लिमीटेड, अभियान लघुवित्त वित्तीय संस्था र विपीडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वाधिक नाफा कमाएका छन् भने भूगोल इनेर्जी डेभलप्मेन्ट कम्पनी, मल्टीपर्पस फाइनान्स र मिरमिरे लघुवित्त वित्तीय संस्था सर्वाधिक घाटामा रहेका छन् ।

कारोबारका आधारमा शिवम सिमेन्टस् १७ करोड ९३ लाख ४६ हजार १५ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

यस साता नेप्से लयमा फर्किएको छ। साताको पहिलो दिन नै नेप्से ४० अंकले वृद्धि हुँदै ३ अर्ब बढी, सोमबार ६ अंकले बढेर २ अर्ब बढी, मंगलबार ३४ अंकले बढ्दै ४ अर्ब बढीको कारोबार र आज ५ अंकले बढ्दै ३ अर्ब बढिको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर