४० लाखभन्दा बढी कमाएर कर नतिरेका करदाताको कर असुल्न आन्तरिक राजस्व विभागको निर्देशन – Nepal Press

४० लाखभन्दा बढी कमाएर कर नतिरेका करदाताको कर असुल्न आन्तरिक राजस्व विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले ४० लाख वा सो भन्दा बढी आम्दानी गरेका तर कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालय सबैलाई ती करदाता पहिचान गरी कर उठाउन भनेको छ ।

विभागको पत्रमा भनिएको छ, ‘आईटीएस’ प्रणाली सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख रुपियाँभन्दा बढी आय भएको तर डे४ विवरण पेश नगरे पहिचान गर्न आईटीएस इन्कम ट्याक्स रिपोर्ट, प्यान ट्रान्जेक्सन भित्र प्यान इन्कम फर्म ई–टीडीएस एभो ४० लाख रुपियाँ समरी रिपोर्टबाट करदाताको रिपोर्ट हेर्न सकिने व्यवस्था छ ।

विभागले उक्त प्रणालीबाट विवरण हेर्दा अधिकांश करदाताले आयकरको अग्रिम करकट्टी न्युन गरेको देखिएको बताएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले यो विभागको आन्तरिक तर नियमित काम भएको बताएका छन् ।

उनले भने, ‘प्राकृतिक व्यक्ति कोही कलेज पढाउँने होलान तिनले अरु विभिन्न ठाउँमा पनि काम गरेका हुन्छन् ।’ यस्तो अवस्थामा त्यस्ता व्यक्तिलाई पनि करको दायरामा ल्याउन खोजिएको बताए ।

सरकारले शेयर लगानीकर्ताबाटै अतिरिक्त आयकर लगाउन खोजिएको चर्चा भएको छ । तर महानिर्देशक मैनालीले भने यो विषयक कहि कतैपनि सेयरसँग सम्बन्धित नभएको पनि स्पष्ट पारेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर