संघीय संसदको कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित – Nepal Press

संघीय संसदको कार्यसञ्चालन नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्ताले प्रश्न उठाएपछि संघीय संसदको संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० राजपत्रमा प्रकाशित भएको छ । यही जेठ १४ गते संघीय संसदबाट पारित भएको नियमावली संघीय संसद सचिवालयले राजपत्रमा प्रकाशित गरेको हो ।

नियमावली राजपत्रमा प्रकाशित नगरिएको भन्दै प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्धका उजुरीकर्ताले बुधबार संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गर्दै विरोध जनाएका थिए । उनीहरुले प्रधानन्यायाधीश नियुक्तिजस्तो प्रक्रियामा सवाल उठ्ने गरी काम गरिएको भन्दै समितिको वैधानिकतामाथि समेत प्रश्न उठाएका थिए ।

त्यसरी प्रश्न उठाउने उजुरीकर्ता न्यायाधीश, वकिललाई समितिका सदस्यले नेपालको संविधानको धारा १०३ बारे जानकारी गराएका थिए । संविधानको प्रावधानमा टेकेर उजुरीकर्तालाई थामथुम पारे पनि नियमावली राजपत्रमा प्रकाशित गरिएको हो ।

पूर्णपाठ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर