चार सांसदले गरे प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव, बजेट सन्तुलित नभएको आरोप – Nepal Press

चार सांसदले गरे प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव, बजेट सन्तुलित नभएको आरोप

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकको खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ।

मन्त्रालय छलफलको क्रममा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले खर्च रकम कटौतीको प्रस्ताव पेश गरेका हुन्।

‘विनियोजन विधेयक, २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ कायम गरियोस्’ भरी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेको सांसद आचार्यले बताए।

बजेट सन्तुलनकारी नदेखिएको, प्राकृतिक साधन स्रोतको उपयोगको नीति नलिइएको, वनलाई नागरिकको जीवन र समृद्धितर्फ जोड्न नसकेको उनको भनाइ छ।

ठूला भ्रष्टाचारी तथा देश द्रोहीलाई मृत्युदण्ड दिनुपर्ने विषय बजेटमा नआएकाले खर्च कटौती गर्नुपर्ने सांसद सुवालले बताए।

कामकाजी महिलालाई विद्यालय र विश्वविद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने, छाउपडी प्रथा अन्त्य गर्ने, स्थानीय टोलमा शिशु स्याहार केन्द्र र बाल उद्यान निर्माण, ज्येष्ठ नागरिकका लागि उचित पूर्वाधार स्थापना गर्ने विषय बजेटमा नआएको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर