दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु – Nepal Press

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तल्लो डुंगेश्वरबाट दुल्लुतर्फ जाँदै गरेको प्रदेश १०२००३ त २८२६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते दुल्लु नगरपालिका-१ का १९ वर्षीय डिलमाया खड्काको उपचार क्रममा मृत्युु भएको हो ।

बुधबार राति दुल्लु नगरपालिकाको-१ डाडापानीमा गएराती दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका थिए । घाइते हुनेमा दुल्लु नगरपालिका-१ का १८ वर्षीय जानुकुमारी खड्का, सोही ठाउँका मृत्युु डिलमाया खड्का र दुल्लु नगरपालिका–५ का १९ वर्षीय भरत शर्मा घाइते भएको थिए ।

जसमा गम्भीर घाइते डिलमायाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिएका छन् ।

उनकाअनुसार अन्य दुई जनाको मध्य शर्माको अवस्था गम्भीर रहेको छ । दुवै जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएका थप दुई जनाको नाम थर खुलेको छैन ।

ट्याक्टर दुर्घटना हुने लगत्तै चालक फरार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *