१२ वर्षपछि फेरियो वीरेन्द्रनगरको घण्टाघरमा घडी – Nepal Press

१२ वर्षपछि फेरियो वीरेन्द्रनगरको घण्टाघरमा घडी

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको घण्टाघरमा झण्डै १२ वर्षपछि नयाँ घडी राखिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले यस आर्थिक वर्षमा घण्टाघर संरक्षण गर्न २५ लाख रूपैयाँ छुट्याएको थियो । सो बजेटबाट साढे ११ लाख रूपैयाँमा नयाँ घडी जडान गरेको हो ।

त्यस्तै, घण्टाघरको पार्क व्यवस्थित बनाउन दोस्रो चरणमा पर्खाल निर्माण पनि थालिएको छ । धेरै वर्षअगाडिको पर्खाल कमजोर भएको र ठाउँठाउँमा भत्किएपछि नयाँ पर्खाल बनाइएको हो । पार्कको उत्तर-दक्षिण र पश्चिमतर्फको पर्खाल भत्काइएको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया ढकालले बताइन् ।

नयाँ पर्खाल निर्माण जिम्मा नमस्ते निर्माण सेवाले पाएको छ । पहिलो चरणको पर्खाल निर्माणका लागि लागत ४६ लाख रूपैयाँ रहेको छ ।

खुलामञ्चमा रहेको घण्टाघर २०४४ सालमा चीन सरकारको सहयोगमा निर्माण गरिएको थियो । निर्माणमा त्यतिबेलै ७० लाख ७९ हजार ५ सय ४० रूपैयाँ खर्च भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *