एमाले सांसदको प्रश्न- धर्मनिरपेक्षताबारे सरकारको धारणा के हो ? – Nepal Press

एमाले सांसदको प्रश्न- धर्मनिरपेक्षताबारे सरकारको धारणा के हो ?

काठमाडौं । नेकपा एमालेका सांसद रघु पन्तले सरकारको धर्मनिरपेक्षताबारे धारणा के हो ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै देशका लागि नियुक्त भएको राजदूतले जथाभाबी धारणा राख्न नमिल्ने बताए।

बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

उनले भने, ‘नेपालको संविधानमा धर्म निरपेक्षताको कुरा छ तर नेपाल सरकारले नियुक्त गरेको राजदूत हिन्दु राज्यको वकालत गर्नुहुन्छ, यो कसरी मिल्छ ? यो कस्तो परराष्ट्र नीति हो ? एउटा देशका लागि नियुक्त भएको राजदूत जथाभाबी धारणा राख्न मिल्दैन।’

उनले नेपाल लामो समयदेखि नै आफ्नो असंलग्न परराष्ट्र नीतिमा अडिग रहँदै आएको बताए।

उनले भने, ‘पछिल्लो समय प्रधानमन्त्री भारत भ्रमणमा गएर फर्किएपछि त्यसमा खलबल हुन थालेको अनुभूति भइरहेको छ कि नेपालको परराष्ट्र नीति फेरबदल हुन लागेको हो ? प्रधानमन्त्री भ्रमणमा जानुभयो, त्यहाँ महांकालमा जानुभयो, गेरु वस्त्र धारण गर्नुभयो, त्यो उहाँको व्यक्तिगत कुरा भयो, म त्यसमा जान चाहन्नँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर