सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी, गेटमा धमाधम नाम टिपिँदै – Nepal Press

सिंहदरबारमा कार्यालय बंक गर्ने कर्मचारीमाथि निगरानी, गेटमा धमाधम नाम टिपिँदै

काठमाडौं । कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण सङ्कलन गर्न थालिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार गेटमा बसेर कार्यालय समयमा बाहिर निस्किने कर्मचारीहरूको विवरण टिप्न थालेको हो ।

कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो । कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताए ।

उनले भने, ‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीको लागि अनुगमन गरिएको हो । सचिवज्यूले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’

सिंहदरबारभित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरूले कुनै न कुनै बहना बनाउने गरेको डीएसपी अधिकारीले बताए ।

तस्बिरहरू : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर