प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार संसदीय सुनुवाइ समितिले सवाल जवाफ गर्ने भएको छ ।

आजको बैठकमा सहभागी भएका कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए ।

कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।

त्यस्तै बिचौलिया नियन्त्रणको कार्यलाई थप प्रभाकारी बनाउन छुट्टै कानून र कार्ययोजना निर्माण गर्ने समेत कार्कीले बताएका छन् । कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच आफूले राखेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर