बिचौलियालाई कारबाही गर्ने यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना (पूर्णपाठ) – Nepal Press

बिचौलियालाई कारबाही गर्ने यस्तो छ प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना (पूर्णपाठ)

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए ।

कार्कीको लिखित कार्ययोजनामा बिचौलिया नियन्त्रणका लागि छुट्टै संयन्त्र गठन गरी दोषीउपर कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने उल्लेख छ ।

त्यस्तै बिचौलिया नियन्त्रणको कार्यलाई थप प्रभाकारी बनाउन छुट्टै कानून र कार्ययोजना निर्माण गर्ने समेत कार्कीले बताएका छन् । कार्कीले न्यायपालिका सुधारका लागि सहकार्य,समन्वय र सहकारितामा आधारित दस्ताबेज बनाउने सोच आफूले राखेको बताए ।

न्यायिक सुधार सम्बन्धी कार्य योजनाको कार्यान्वयनमा आफ्नो जिम्मेवारी बढी रहने उनले बताए ।

यस्तो छ कार्कीको कार्ययोजना


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *