बाजुराको समता स्कुललाई गुरुङले गरिन् शैक्षिक सामग्री सहयोग – Nepal Press

बाजुराको समता स्कुललाई गुरुङले गरिन् शैक्षिक सामग्री सहयोग

बाजुरा । बाजुरा सदरमुकाम मार्तडीमा रहेको समता स्कुलका विद्यार्थीलाई अभियन्ता इशा गुरुङले शैक्षिक सामाग्री सहयोग गरेकी छन् ।

दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरूको पठन पाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले समता स्कुलका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको अभियन्ता गुरुङ बताइन् ।

अभियन्ता गुरुङको आर्थिक सहयोग तथा काठमाडौं निवासी तुलसी श्रेष्ठको समन्वयमा समता स्कुलका ३ सय ५१ जना विद्यार्थीलाई कापी र कलम सहयोग गरिएको समता स्कुलका प्रधानाध्यापक धर्म कार्कीले बताएका छन् ।

समताले जिल्लाको सदरमुकाम मार्तडी मासिक १ सय रुपैयाँमा अध्ययन अध्यापन गराइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर