अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ – Nepal Press

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने ९ भारतीय नागरिक पक्राउ

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूलाई बुधवार पक्राउ गरिएको हो ।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए ।

‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ ।’

पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्त्तिक सरदार, रवि विश्वास, निवास गाइन, निरञ्जन अधिकारी र भूपेन्द्र पुरी तथा भारत पिलिभितका राजेश विश्वास, सन्तोष सरकार र सुधान्सु हल्दार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर