असोजमा राष्ट्रिय सम्मेलन गर्ने अखिल क्रान्तिकारी पवन कार्की समूहको निर्णय – Nepal Press

असोजमा राष्ट्रिय सम्मेलन गर्ने अखिल क्रान्तिकारी पवन कार्की समूहको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) पवन कार्की नेतृत्व समूहले आगामी असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

बुधबार भर्चुअल र भौतिक दुवै विधिमार्फत बसेको केन्द्रीय समितिको पाँचौँ बैठकले तीन महिने क्रान्तिकारी संगठन निर्माण अभियान सञ्चालन गर्ने, विधान सम्मेलन गर्ने र असोज दोस्रो साता २३ औं राष्ट्रिय सम्मेलन प्रमुख तीनवटा निर्णय गरेको प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

अखिल क्रान्तिकारीमा लामो समयदेखि पञ्चा सिंह र पवन कार्कीले समानान्तर कमिटी चलाइरहेका छन् । समानान्तर गतिविधि नगर्न निर्देशनसहित विवाद समाधान गर्न माउ पार्टीले आयोजक कमिटी बनाएर अघि बढ्ने भनेपनि त्यो कार्यान्वयन भएको छैन ।

आज संस्थापनमाथि दबाब दिँदै पवन समूह नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर