समिर आचार्य र एलिना चौहानको ‘म्वाई खाइदेउन गालामा’ रिलिज (भिडिओ) – Nepal Press

समिर आचार्य र एलिना चौहानको ‘म्वाई खाइदेउन गालामा’ रिलिज (भिडिओ)

काठमाडौं । गायक समिर आचार्य र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘म्वाई खाइदेउन गालामा’को भिडिओ सार्वजनिक भएको छ । भिडिओमा सन्तोष सुनारको शब्द र संगीत, मोहित मुनालको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ छ ।

भिडिओमा सुनील क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा सुनील र कविता रोमान्टिक मुडमा देखिएका छन् ।

सुनील क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको भिडिओमा विकास सुवेदीको सम्पादन, अजय रेग्मीको छायांकन छ । भिडियो नेपमेलो युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

भिडिओ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *