नक्कली भुटानी शरणार्थी प्रकरण: लम्बियो थुनछेक बहस – Nepal Press

नक्कली भुटानी शरणार्थी प्रकरण: लम्बियो थुनछेक बहस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा दायर गरिएको मुद्दाको थुनछेक बहस लम्बिएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रतिवादी पक्षलाई मंगलबारभित्र बहसको समय दिएका थिए । तर, बुधबारसम्म पनि प्रतिवादीतर्फको बहस सकिएको छैन । न्यायाधीश न्यौपाने मंगलबारभित्र प्रतिवादीतर्फको बहस सकिएपछि बुधबार दिउँसो २ बजेसम्म वादी पक्षका वकिलहरुको जवाफी बहस सुनेर प्रारम्भिक आदेश दिने तयारीमा थिए ।

तर, अझै आरोपितहरु टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जन र आङटावा शेर्पाको तर्फका वकिलहरुले बहस गर्नै बाँकी छ । जसले गर्दा थुनछेक बहस अझै लम्बिने सम्भावना बढेको छ । प्रतिवादीतर्फका वकिलहरुको बहस लम्बिएकाले वादी पक्षका वकिलहरुको जवाफी बहस पनि लम्बिन सक्ने बुझिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *