नेकपा एस भोजपुरका उपसचिवले पार्टी छाडे, एमाले वा घण्टीमा जानेबारे सामूहिक छलफलमा – Nepal Press

नेकपा एस भोजपुरका उपसचिवले पार्टी छाडे, एमाले वा घण्टीमा जानेबारे सामूहिक छलफलमा

भोजपुर । नेकपा एकीकृत समाजवादी भोजपुरका उपसचिव ईश्वरकुमार कार्कीले पार्टी छाडेका छन् ।

जिल्ला अध्यक्षसमक्ष राजीनामा बुझाउँदै कार्कीले आफ्नै खुशीले पार्टी छाडेको उल्लेख गरेका छन् ।

उनी कोशीका पूर्वमुख्यमन्त्री एवं नेकपा एसका सचिव राजेन्द्रकुमार राईनिकट थिए । एमाले छाडेदेखि नै कार्कीले राजेन्द्रलाई साथ दिएका थिए ।

एमालेमै फर्किने वा अरु कुनै पार्टी प्रवेशबारे अहिले आफूले केही निर्णय लिइनसकेको कार्कीले बताए ।

‘मसँग अरु पनि पार्टी छाड्न तयार केही नेता सम्पर्कमा हुनुनुन्छ । सामूहिक रूपमा कहाँ जाने भनेर हामी सल्लाह गर्दैछौं’, उनले भने ।

कार्कीसहितका केही नेता एमालेमा फर्किने कि रास्वपाको जिल्ला नेतृत्व लिएर जाने भनेर सम्बन्धित पार्टीका नेतासँग सम्पर्कमा रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर