चीनमा उपचाररत वर्षमान पुन चार महिनापछि नेपाल फकिँदै – Nepal Press

चीनमा उपचाररत वर्षमान पुन चार महिनापछि नेपाल फकिँदै

काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रवार नेपाल फर्किने भएका छन्। शुक्रवार बिहान बिहान एयर चाइनाको जहाजबाट नेता पुन काठमाडौं आउने तयारी भएको सचिवालयले जनाएको छ।

फागुनको पहिलो साता उपचारको लागि चीन लागेका नेता पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्। पूर्व सभामुख समेत रहेकी पत्नी ओनसरी घर्ती साथमा छिन्।

वंशाणुगत जण्डिसले सताएपछि पुन चीन गएका थिए। उनी त्यसअघि पनि चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएर फर्किएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *